एनआईबिएल एस क्यापिटल र सम्पन्न क्यापिटलबीच सम्झौता
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १९:८:२६
२७ बैशाख, काठमाडौं । एनआईबिएल एस क्यापिटल र सम्पन्न क्यापिटलबीच सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाका इकाईहरुको खरिद-बिक्रीलाई सरल, सहज र व्यवस्थित बनाउन सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाललाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक ‘एजेन्ट’ को रुपमा नियुक्त गरेको हो ।
यसअघि ‘एनआईबिएल सहभागिता फण्ड’ योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक र गुडविल फाइनान्सका तोकिएका शाखाहरु मार्फत हुँदै आइरहेको थियो ।
विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५% र दोस्रो आर्थिक वर्षमा ५०% नगद लाभांश प्रदान गरिसकेको छ ।
यस योजनामा लगानी गर्न लगानीकर्ताहरुले क्यापिटलको वेवसाईट www.niblcapital.com_ मा गई विद्युतीय प्रणाली मार्फत पनि लगानी गर्न सक्दछन् भने भुक्तानीको लागि Esewa, Khalti, Connect IPS, Thaili / Nepal Investment Bank Ltd को E-Banking प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताहरुले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना (Systematic Investment Plan) एबिल मार्फत दर्ता भई नियमित रुपमा पूर्व निर्धारण रकम लगानी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।
योजना सम्बन्धि थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्य कार्यलय फोन नम्बर : (०१–४४२५२८०, ०१–४४२५२८१) मा सम्पर्क गर्न सकिने छ साथै योजना व्यवस्थापकबाट तोकिएका वितरकहरुको कार्यलयमा पनि सम्पर्क गर्न सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार