५ जेष्ठ २०७९, बिहीबार

परीक्षा नियन्त्रण कार्यालयको सेवा वैशाख २८ र २९ गते बन्द हुने

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार १६:५१


२७ वैशाख, काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।

कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ,’ कार्यालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा