५ जेष्ठ २०७९, बिहीबार

यति एयर समय अगावै जहाज उडाउँदा यात्रु छुटे, बाँके प्रशासन लेख्यो कारबाही पत्र

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार १९:१८


♦ दिलमाया शाही

२७ वैशाख, जुम्ला । नेपालगन्जदेखि जुम्लामा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका-७ जुम्ला निवासी गोविन्दबहादुर महतले छुटेका हुन् ।

उनी अनलाइन टिकट काटेर नेपाल नेपालगन्जबाटको काउण्टरमा पुगेका थिए । उनले काटेको जहाजको टिकटमा एक बजे समय तोकिएको थियो । तर, जहाज समय अगावै जुम्ला उडाइएको भन्दै बाँके प्रशासनमा निवेदन दिएका थिए । उनले दिएको निवेदनको सुनुवाइ गर्दै बाँके प्रशासनले कारबाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र काटेको गरेको छ ।

बाँके जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरण नेपालगन्जलाई मंगलबार आवश्यक कारबाही गर्नभन्दै पठाएको पत्र काटेको हो । उक्त पत्रमा भनिएको चन्दननाथ नगरपालिका-७ जुम्ला बस्ने गोविन्दबहादुर महतले दिएको निवेदनको दर्ता नम्बर ३८६७ मिति २०७८ वैशाख २७ मा जहाजको टिकटलगायत कागजातको छायाप्रति यसैसाथ संलग्न गरी आवश्यक कारबाहीको लागि पठाइएको भन्दै आदेश गरिएको छ ।

त्यस्तै निवेदक महतले आफू काठमाडौंबाट नेपालगन्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङसमेत गरिसकेको अवस्थामा समय अगावै जहाज उडेको भन्दै उनले कारबाहीका लागि निवेदन दिएका छन् । टिकटमा एक बजेको समय दिइएको भए पनि जहाज समय अगावै उडेको उनले बताएका छन् ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


संस्कृत भाषामा आकर्षण
नेपालबहस संवाददाता