५ जेष्ठ २०७९, बिहीबार

गुजरात टाइटन्स आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार ०६:४१


२८ वैशाख एजेन्सी । गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ।गएराति पुनेमा लखनऊ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो । गुजरात अंकतालिमा शीर्ष स्थानमा पनि उक्लिएको छ।

गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनऊ १३.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनऊका दिपक होडाले २७ र क्विन्टन डिककले ११ रन जोडे। गुजरातका राशिदखानले ४ तथा यशड्यालर साई किशोरले २्२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो। गुजरातका शुबमन गिलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिल्लरले २६ र राहुल टेवाटियाले अविजित २२ रन बनाए ।

जितसँगै गुजरात १२ खेलमा १८ अंकका साथ पहिलो स्थानमा उक्लिँदा लखनऊ १२ खेलमा १६ अंक बनाएर दोस्रो स्थानमा झरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा