१२ जेष्ठ २०७९, बिहीबार

कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार ११:११


♦ हेमन्त केसी

२८ वैशाख, जाजरकोट । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् ।

यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।

नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए ।

यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा