पोखराको पन्ध्रौं मेयर को बन्छ ? [ यस्तो छ इतिहास ]
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १७:२:६
२७ वैशाख, पोखरा । २०१६ सालमा नगर पन्चायतको रुपमा गठन भएको पोखरा हाल देशकै ठूलो महानगरको रुपमा स्थापित भएको छ । पहिलो मेयर बनेका थिए शिवबहादुर थापा । उनले २०१६ देखि ०१८ सम्म कार्यभार सम्हाले ।
२०१९ सालमा नगेन्द्रबहादुर रायमाझी मेयर बने । उनले ५ वर्ष काम गरे । त्यसपछि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । चौंथो मेयरको रुपमा काम गरेका रुद्रबहादुर कार्कीको केही महिनाअघि मात्रै निधन भएको छ । उनी २०२८ देखि २०३१ सम्म मेयर बनेका थिए ।
पोखराको पहिलो गुरुयोजना उनकै कार्यकालमा बनेको थियो । कार्कीकै कार्यकालमा बनेको गुरुयोजना अनुसार हाल निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल, न्युरोड, पोखरा बसपार्क लगायतको जग्गा अधिग्रहण गरिएको हो । तर अधिकांश योजना कार्यान्वयनमा गएको छैन ।
२०३१ देखि ०३२ सम्मको अवधी दीलिपकुमार पालिखे मेयर बनेका थिए भने सबैभन्दा कम अवधीका लागि रमेशबहादुर भट्टराई जम्मा ७ महिना मेयर बनेका थिए । गणेश शेरचन २०३२ देखि २०३८ सम्म, श्रीप्रसाद गुरुङ २०३८ देखि ०३९ सम्मको मेयर भएर काम गरेका थिए ।
२०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन मेयर भए । सूर्यबहादुर केसी २०४१ देखि २०४६ को मेयर बने । उनी पछि नेपाली कांग्रेस प्रवेश गरेर समानुपातिक सांसद भएका थिए । २०४९ सालमा पहिलो पटक स्थानीय निकायको चुनाव भयो । जहाँ राजनीतिक दलहरु प्रतिश्पर्धामा थिए । कांग्रेसका भोला थापा ५ वर्षका लागि पोखराको दशौं मेयर निर्वाचित भए । उनकै कार्यकालमा पोखरा नगरपालिकाबाट उपमहानगरपालिका बनेको थियो ।
२०५४ सालमा एमालेका कृष्णबहादुर थापा निर्वाचित भए । उनको कार्यकाल सकिएपछि देशमा स्थानीय निकायको निर्वाचन भएन । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने । नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४ औं मेयर भएर कार्यकाल व्यतित गरिसकेका छन् ।
अहिले पोखराका लागि १५ औं मेयरको चुनाव हुँदैछ । पोखराको पन्ध्रौं मेयरका लागि एमालेका कृष्णबहादुर थापा ‘जो २०५४ को मेयर निर्वाचित भएका थिए’ र पूर्व एमालेका धनराज आचार्य गठबन्धनबाट साझा उम्मेद्वार भएका छन् । उनीहरु दुईमध्ये एकजनाले मेयरमा बाजी मार्नेछन् । यहाँ २३ जना मेयरको प्रतिश्पर्धी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार