तीन सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १७:४:३५
२८ बैशाख, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवद्र्धन, उपयोग तथा जातीय विकास गर्ने नीति अवलम्बन गरेको छ ।
बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा राख्दै धान, मकै, गहुँ तथा आलुमा बढी उत्पादन दिने, जलवायु परिवर्तन अनकुलन, रोग, किरा अवरोधक विभिन्न नयाँ जातको बालीको विकास गरिएको परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले जानकारी दिए ।
धान, मकै र गहुँको क्षेत्रफल क्रमशः २६ र १९ प्रतिशतले वृद्धि भएको छ भने यी बालीको उत्पादनमा क्रमशः ६०, १२० र १४० प्रतिशतले वृद्धि भएको परिषद्ले जनाएको छ । मुलुकमा खेती गहुँको कूल क्षेत्रफलको ९४ प्रतिशत क्षेत्रफलमा परिषद्बाट विकसित भएका जात लगाउने गरिन्छ । यो जातीय परिवर्तनले मात्र मुलुकलाई करिब वार्षिक रु १७ अर्बको आर्थिक योगदान पुग्ने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
चैत १४, २०८० बुधबार
कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार