५ जेष्ठ २०७९, बिहीबार

शवलाई पूजा गर्न बाध्य पार्ने तान्त्रिक पक्राउ

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार ११:२८


२८ बैशाख, थाइल्यान्ड । थाइल्याण्डमा अनुयायीलाई आफ्नो फोहर खान र शवलाई पूजा गर्न बाध्य पार्ने एक तान्त्रिक पक्राउ परेका छन् । थावी नानरा नाम गरेका व्यक्ति थाइल्याण्डको छैयाफुम प्रान्तको जंगलमा बस्दै आएका थिए । जंगलभित्र रहेको उनको शिविरमा प्रहरीले छापा मारेको थियो ।

आफ्नी आमालाई फर्कन अनुमति नदिएपछि एउटी महिलाले तान्त्रिकका कर्तुतबारे जानकारी दिएको प्रहरीलाई सूचना दिने एक व्यक्तिले बताएका छन् ।

७५ वर्षीय नानरालाई पक्राउ गरेपछि उनका अनुयायीहरू र प्रहरीबीच झडप भएको थियो । शिविरमा कम्तीमा ११ ओटा शवहरू फेला परेका थिए ।

उनले सञ्चालन गरेको शिविर शहरदेखि टाढाको गाउँमा भएकाले लामो समयसम्म प्रहरी त्यसबारे सूचना नपाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा