पुटिनले मार्शल ल लागू गर्न सक्छन् : अमेरिका
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १७:३५:३
२८ बैशाख, न्युयोर्क । अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाईमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् ।
रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने बताएका छन् । रूसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वको लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहरू प्राप्त गर्न चाहेको उनले बताए ।
पछिल्लो समयमा रुसले पूर्वी युक्रेनमा हमला गरेको छ । २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा लाखाौँ युक्रेनी विस्थापित भएका छन् । यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले रुसी हमलामा अहिलेसम्म ३ हजार १५३ जनाको मृत्यु भएको जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार