५ जेष्ठ २०७९, बिहीबार

सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार १२:००


♦ अश्विन दानी

२८ बैशाख, गोरखा । गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘निर्वाचन अधिकृतको कार्यालयकमा सर्वदलीय बैठक बोलाइएको रहे छ । बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ ।

उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, श्रेष्ठले भने । घटनाबारे थप अनुसन्धान गर्नका लागि आफू घटनास्थलतर्फ गइरहेको श्रेष्ठले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा