१२ जेष्ठ २०७९, बिहीबार

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार १२:२६


२८ बैशाख, काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ ।

काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको काउन्सिलले जनाएको छ ।

कारवाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ । प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारवाही गरेको हो ।

निर्वाचन आयोगले मिडियाले निर्वाचन अचारसंहिता पालना गरेको वा नगरेको भन्ने अनुगमन गर्ने जिम्मेवारी काउन्सिललाई दिएको थियो । सोही अनुसार काउन्सिलले अनुगमन गरी कारवाही गरेको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


लयमा फर्कंदै डोटीको पर्यटन
नेपालबहस संवाददाता