सबै केन्द्रमा पुगे मतदान अधिकृत
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १८:४४:१२
२८ बैशाख, रुकुमपूर्व । रुकुमपूर्वको सबै मतदान केन्द्रमा मङ्गलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए।अन्य सबै मतदान केन्द्रमा भने मङ्गलबार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ ।
मतदान केन्द्रमा पुगेर पनि उनीहरूले काम सुरु गरिसकेका छन् । सबैले सम्बन्धित मतदान केन्द्रमा सर्वपक्षीय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा बिक्री वितरणमा बन्देज, हातहतियार लिएर मतदान केन्द्रमा जान नपाइने लगाएका सूचना टास गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । भौगोलिक हिसाबले विकट यस जिल्लाको सिस्ने–१, पुथाउत्तरगङ्गाको १, २, ३ लगायतका वडाहरूमा खटिएकाहरू दुई दिन लगाएर पुगेका छन् ।
अब उनीहरूले २८ र २९ गते स्वयंसेवकमार्फत मतदान केन्द्रमा मतदाता शिक्षा कायर्यक्रम सञ्चालन गर्नेछन् । मतदान सकिएपछि पनि सम्बन्धित पालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याउन टाढाको मतदान केन्द्रबाट साढे एकदेखि दुई दिनसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत लवटले बताए । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्ने अनुुमान गरेकाले पानी प¥यो भने यस जिल्लामा बिजुली र फोनको समस्याले निर्वाचनको काम प्रभावित हुन्छ कि भन्ने डर पनि रहेको उनले बताए ।
सबै मतदान अधिकृत र सहायक मतदान अधिकृृतलाई निर्वाचनको दिन पानी पर्न सक्ने कुरालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको उहाँको भनाइ छ । रुकुमपूर्वमा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८९४ पुरुष र १६ हजार ६२४ महिला गरी ३३ हजार ११८ मतदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिलाका लागि आम्दानीको स्रोत हस्तकला
बैशाख ५, २०८१ बुधबार
नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य लुम्बिनीमा पर्यटकको ओइरो
बैशाख १, २०८१ शनिबार
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार