१२ जेष्ठ २०७९, बिहीबार

डुबेर चार जनाको मृत्यु

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार १२:५८


२८ बैशाख, काठमाडौं । दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ ।

दैलेखको भैरवि गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बुको डुबेर मृत्यु भएको छ ।

आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मंगलबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अचेत अबस्थामा रहेकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मीको रेसुङगा नगरपालिका–१४ छल्दिपना खोलामा मंगलबार दुई जना मृत अवस्थामा फेला परेका छन् । डुबेर मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदम सामतको छोरा १७ वर्षीय अनिल सामत र जित बहादुर सामतको छोरा १३ वर्षीय सुधन सामत रहेका छन् ।

माछा मार्न गएकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

लयमा फर्कंदै डोटीको पर्यटन
नेपालबहस संवाददाता