१२ जेष्ठ २०७९, बिहीबार

तीन जना मृत अवस्थामा फेला

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार १३:०१


२८ बैशाख, काठमाडौं । ललितपुर, सुनसरी र बागलुङमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको देवानगंज गाउँपालिका–४ पाल टोलस्थित मकैबारीमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बागलुङको बागलुङ नगरपालिका–१० गलुवा बस्ने ४४ वर्षीय प्रेम बहादुर विक आफनै घरबाट करिब १० किलोमिटर टाढा भातेखोलाको किनारको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । वैंशाख २० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा