दुनाटपरी बेचेर मनग्य आम्दानी
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १९:११:६
२८ बैशाख ,कञ्चनपुर । दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएकी छिन् । घरको कामबाट फुर्सद पाइएका बेला उनले दुनाटपरी को काम गर्न गरेको बताइन्। । उनका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ । उनले भनिन्,“ बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएकोे छु ।यसबाट महिनामा रु १० हजारदेखि रु १५ हजार जति आम्दानी हुने गरेको छ ।”
महाकाली सामुदायिक वनले दुनाटपरी बनाउनका लागि पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ । उनले भनिन्, “पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउछु । लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नून, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउ छु ।” विद्यालयमा पढने बालबालिकाको खर्चसमेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ ।
घरको अत्यावश्यक कार्यका लागिसमेत दुनाटपरी बेचेर आएको पैसाखर्च हुने गरेको उहाँले बताउनुभयो । धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ । मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ । “पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो । हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ । जति बनाउन सक्यो त्यतिनै फायदा छ” किसान चौधरीले भने ।
दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ । सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ । दुनाटपरीसमेत विभिन्न प्रकारको हुने गरेको छ । जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन । देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन् ।
“बजार दुनाटपरीको माग धेरै छ” श्यानीदेवीले भने, “पु¥याउनै सकिदैन । जति बनाए पनि बजारमा बिक्री हुन्छ । यसलाई व्यवसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ ।” उनले बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाउने कार्य गरिरहनु भएको छ । यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पु¥याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएको बताइन् । श्यानी जस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने कार्यमा संलग्न भएको छिन ।
“पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो” उनले भनिन्, “हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन् । घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ । माग आए अनुसार बजारमा समेत बेच्छौ ।”थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हँदै आएको छ । धार्मिक कार्य र अनुष्ठानमा सालको पातका दुनाटपरी सामग्री राख्नका लागि परापूर्वकाल देखिनै प्रयोग हुँदै आएका छन् ।
हाल यसको प्रचलन पहिला जस्तै रहेको छ । धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हँदै आएको छ । पहाडी समुदायलेसमेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन् । महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिए । यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराई आर्थिक रुपमा सवल पार्ने योजना रहेको उनले भनिन् छ । हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार