५ जेष्ठ २०७९, बिहीबार

मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिना तीन पटक तोडफोड

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार १४:०२


तस्विर :अज्ञात समुह द्धारा तोडफोड गरिएको टावरको मेसिन

♦ खड्क सुनार

२८ बैशाख, मुगु । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुको सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेको छ । योसहित एकै महिनामा टावरमा तोडफोड भएको तेस्रो पटक हो ।

सोरु गाँउपालिका(३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका(३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाको तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

तोडफोडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेको छ । २४ बैशाखमा सदरमुकाम गमगढी बजारबाट गएको प्राविधिक टोलीले २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुनः तोडफोड भएको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए ।

डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा ब्यावस्था नभएकाले स्थानीयवासी र बादरले पनि क्षेति गर्ने गरेको छ ।

प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेको पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भैसकेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा