तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
बैशाख २९, २०७९ बिहिबार १३:१३:३९
वि.सं.२०७९ साल बैशाख २९ गते । बिहीबार । ईश्वी सन् २०२२ मे १२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि–एकादशी, दिउसो ३ बजेर ३२ मिनेट उप्रान्त द्धादशी । नक्षत्र– उत्तराफाल्गुनी, बेलुकी ४ बजेर ४३ मिनेट उप्रान्त हस्त । योग–हर्षण, दिउँसो ०३ बजेर २९ मिनेट उप्रान्त बज्र । करण–भद्रा, दिउसो ३ बजेर ३२ मिनेट उप्रान्त बव, रातको ३ बजेर १४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी ३० पला । मोहिनीएकादशीव्रत ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरुभन्दा पछी परिने छ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शत्रुहरुले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् । तरपनि छोटो दुरिको यात्राको तय हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पतीहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धीत क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिने छ । घर परिवारमा नयाँ मानिसको आगमन हुने छ भने सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईने छ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । छोटो दुरिको यात्राको योग रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- पारिवारिक असमझ्दारीले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग बिवाद बढ्ने योग रहेको छ । कुनै पनी काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अबिश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कने छ । तरपनि छोटो दुरिको यात्रा हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिने छ ।काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउने छ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । मायाप्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । तरपनि घरपरिवारका सदस्यसँग भेटघाट हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहने छ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिने छन् । तरपनि छोटो दुरिको यात्राको तय हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारीसाधन तथा अन्य भौतिक सम्पतीहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- जानकारीको अभावले कामहरु बिग्रने छ भने आलोचनाको शिकार होईने छ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यावसायमा मन्दी आउने छ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्नेलेख्ने काममा खासै मन नजादा अरुभन्दा पछी परिने छ । तरपनि छोटो दुरिको यात्राको तयसँगै घरपरिवारका सदस्यसँग भेटघाट हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहने छ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथिको पनि सहयोग पाईने हुँदा मन प्रशन्न रहने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहने छ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुने छ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखी टाडिन सक्छन् । तरपनि नसोचेको धन तथा सम्पती प्राप्तीको योग रहेको छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- मायाप्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्यापारमा समय दिन नसक्दा वा ध्यान नदिदा घाटा लाग्न सक्छ । साझेदारि व्यावसाय सकभर आजको दिन सुरु नगर्नु होला । तरपनि छोटो दुरिको यात्राको तय हुनेछ भने घरपरिवारका साथ रमाईलो गर्दै समय व्यतित हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
चैत १५, २०८० बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
चैत ९, २०८० शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार