अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १९:५७:३४
२९ बैशाख, धुलिखेल । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन् ।
धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो । आमन्त्रित अतिथि हुनुहुन्थ्यो सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह । यो वर्ष आफ्नो स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई आमन्त्रण गरेको थियो ।
अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तक्र्रियाका लागि उनीहरु सो अस्पतालबाट आमन्त्रित थिए । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष थियो, सो कार्यक्रमको । अन्तक्र्रियामा शर्मा र साहले यसका रहस्यहरुबारे सहभागीसँग आफ्ना अनुभव बाँढ्ेको थियो ।
अस्पतालका प्रमुख डा. रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ सुरु भयो । अस्पतालका विभागीय प्रमुखहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहेको थियो सफाइ अभियन्ता शर्माले । अस्पतालका काममा सरसफाइले के कतिको महत्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्ने नै उहाँको चासो थियो । पछि उनले खुसी व्यक्त गर्दै भने, “सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो ।”
डा. माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उनीहरुलाई राखेको थियो । देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तक्र्रिया गराएको थियो । त्यस क्रममा खेम शर्माले सरसफाइको महत्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने सीप सिकाएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर एक मापदण्ड प्रस्तुत गरेका खेम शर्माले वीर अस्पताल, पशुपतिनाथ हुँदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, निःशुल्क शौचालय, मन्दिर परिसर तथा पर्यटकीय महत्वका स्थलका बाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको बताउछन् ।
सफाइ मजदुरका रुपमा विदेशबाट सुरु भएको आफ्नो कथा सुनाउँदै नेपालमा व्यवसायिकरुपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र सीप उनले त्यहाँ प्रस्तुत गरे । उनले भौतिक संरचना पुराना बन्न सक्छन् तर तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा राखे । उनले अस्पतालका सफाइ मजदुरलाई आफ्नो सीप र अनुभव पनि बाँडे तर, उता सेफ सन्तोष साहले भने भौतिक संरचनाको नभएर सबैभन्दा पहिले मानिसले आफ्ना मस्तिष्कको सफाइ आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । आफ्ना सङ्घर्षका कथा सुनाउँदै उहाँले नेपाली खानालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ भन्ने आफ्नो धारणा राखे ।
साहले मानव स्वास्थ्यमा नेपाली र रैथाने खानाको महत्वको बारेमा चर्चा गर्दै नेपाली रैथाने खानाको पाककला पनि प्रस्तुत गरे । उनी अहिले नेपाली रैथाने खाना चाख्दै, बनाउन सिक्दै र आफ्नो सीप पनि थप्दै नयाँ–नयाँ परिकार सिर्जना पनि गरिरहेको छ ।
उक्त अन्तक्र्रियामा चलेको सरसफाइको बहसपछि डा माकजुले आफू पनि सरसफाइकर्मी रहेको बताए । उनले भने, “सफाइकर्मीको कामलाई हेर्ने दृष्टिमा फरक आवश्यक छ, म पनि सफाइकर्मी हुँ र मजस्तै सबै स्वास्थ्यकर्मी सफाईकर्मी हुन् । हामी वर्षौंदेखि मानिसको शरीरभित्रका फोहोरमैला सफा गरिरहेका छौँ, सबैभन्दा ठूला सरसफाइकर्मी त हामी पो हौँ ।”
आतिथ्यता (हस्पिटालिटी) विषयमा नेपालमा अध्यापन गराइरहेका खेम लकाइ, पाक शिक्षासम्बन्धी पुस्तकका लेखक डा सुमन ताम्राकार र वरिष्ठ पत्रकार मनऋषि धितालले नेपालका अस्पताल तथा अन्य सेवा कार्यालयमा यस्ता विषयमा अन्तक्र्रिया र चर्चा गर्नु निकै सान्दर्भिक हुने सुझाव दिए ।
अन्तक्र्रियापछि शर्माले अस्पतालका सफाइ मजदुर र साहले उक्त अस्पतालको क्यान्टिनका सेफसँग उनीहरुको सीप वृद्धिका लागि दिएको व्यवहारिक ज्ञान महत्वपूर्ण रहेको प्रतिक्रिया सहभागीले जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार