भारतमा थप दुई हजार जनामा संक्रमण
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार २०:३:५३
२९ वैशाख, नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप संक्रमण भएपछि यहाँ कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनःकेही दिनयता नयाँ संक्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी गत मंगलबार र बुधबार भने केही कमी देखिएको हो ।
२४ घण्टाको समयावधी भएका यी नयाँ संक्रमितमध्ये ९७० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार २०२ जना सक्रिय संक्रमित रहेका पनि थप जानकारी दिइएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य् हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १८१ पुगेको छ । भारतभरी अझै पनि सक्रिय संक्रमित १९ हजार ६७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा केही महिनायताबाट सक्रिय संक्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय संक्रमित बढेको पाइएको छ । चौविस घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २३० कोरोना निको भएका छन् ।
यसैसँगै हालसम्म चार करोड २५ लाख ७० हजार १६५ सफलतापूर्वक कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार