१२ जेष्ठ २०७९, बिहीबार

म्याग्दे गाउँपालिका अध्यक्षमा एमालेको अग्रता

प्रकाशित मिति :  ३१ बैशाख २०७९, शनिबार १२:४१


३१ बैशाख, तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार श्रीप्रसाद श्रेष्ठको अग्रता कायमै रहेको छ । एक हजार ७०० मत गन्दा श्रेष्ठले ८२६ मत पाएका छन् । एमालेकी उपाध्यक्षकी उम्मेद्वार रत्ना घिमिरेले ६५८ मत पाएकी छन् ।

कांग्रेसबाट अध्यक्षकी उम्मेद्वार मायादेवी रानाले ५९८ र उपाध्यक्षका उम्मेद्वार बालकृष्ण घिमिरेले ७०८ मत प्राप्त गरेका छन् । कांग्रेसका राना र घिमिरेले दोस्रो कार्यकाल दोहोर्‍याउने दाउमा उम्मेद्वारी दिएका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा