मताधिकारबाट बन्चित भए बाराका सन्देश, मतपत्र च्यातियो
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १९:४७:२२
इन्दिप कोइराला
३१ वैबैशाख, बारा । स्थानीय तहको निर्वाचनमा बाराका एक जना मतदाता मताधिकारबाट बन्चित भएका छन्। बाराको निजगढ नगरपालिका वडा नम्बर २ का सन्देश घिमिरे मताधिकारबाट बन्चित भएका हुन ।
करिब ३ बजे निजगढ नगरपालिका-२ स्थित लोकप्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका घिमिरेले मतपत्र लिएर गोप्य मतदान गर्न गए, तर उनको हात कामेकाले उनले नजिकै रहेका सुशील थापालाई हात कामेको बताए ।
थापाले चिनजान भएका घिमिरेको मतपत्र लिएर सहयोग गर्ने प्रयास गरे तर त्यहाँ रहेका व्यक्तिले हुँदैन एकाघरका व्यक्ति चाहिने भन्दै बिरोध गरे ।
मतपत्र खाली नै थियो थापाले मतपत्र घिमिरेलाई फिर्ता दिए । त्यसपछि स्थानीयले दुबैको मतपत्र खारेज गर्न माग गरे । थापाले भने मतपेटिका बाकसमा मतपत्र खसाइसकेका थिए ।
स्थानीयहरू एक आपसमा विवाद गरिएहेको अवस्थामा नगेन्द्र श्रेष्ठ ९बाबु०ले घिमिरेको हातबाट मतपत्र खोसेर मतपत्रनै च्यातेर फालिदिए ।
घिमिरेले आफ्नु अमूल्य मत दिन पुनः मतपत्र माग गरे, तर दिइएन।
यता प्रहरीले घिमिरेलाई सहयोग गर्ने थापालाई नियन्त्रणमा लिए र निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाए । तर, मतपत्र च्यात्नेलाइ भने छोडे । सामान्य सोधपुछपछि निर्वाचन अधिकृत शम्भु बरालले उनलाई छोडिदिए भने आफ्नो मत दिन गएका घिमिरे भने मतदान नै गर्न नपाइ घर फर्किए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार