बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १७:३३:२५
जेठ २ ,काठमाडाैं । बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले तीन, जनता समाजवादी पार्टी (जसपा)ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् । उनले कूल ७८१ मत प्राप्त गरेका थियो । उनल् यसअघि पनि सो वडाका वडाध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे भने कांग्रेसले ५८१ मत प्राप्त गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठले ५५० मत प्राप्त गरी निर्वाचित भएका छन् । उक्त वडा विसं २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो । नेपालगञ्ज– २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन्। यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका प्यानल विजयी भएको छ । जसपा नेपालका मोहम्मद रजा राइ वडाध्यक्षमा एक हजार १७४ मत प्राप्त गर्दै विजयी भएका छन् ।वडा नम्बर २ मा नेकपा माओबादीका चन्द्रिकाप्रसाद गुप्ता विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका छन् ।
राप्तीसोनारी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यमबहादुर खड्का निर्वाचित भएका छन् । उनी सहित एमालेको पूरै प्यानल निर्वाचित भएको हो ।
खुला सदस्यमा एमालेकै चूर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित भएका छन् । राप्तीसोनारी –२ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन् । राप्तीसोनारी–३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार ३४३ मत ल्याएका छन् । महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुला सदस्यतर्फ पुन्वा थारु र मङ्गलबहादुर ओली विजयी भएका भएका छन् । कोहलपुर नगरपालिका–१ मा माओवादीका बद्रीप्रसाद जैसीको प्यानल विजयी भएको छ ।
कोहलपुर– १५ मा कांग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचित भएका छन् । सो वडामा कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ । खुजुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका मनवीर खत्री विजयी भएका छन् । डुडुवा गाउँपालिका–१ मा कांग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
सहकारी ठगीबारे छानबिन भएर नसकिएसम्म रविले गृहमन्त्रीको पद छोड्नुपर्छः कांग्रेस
चैत १४, २०८० बुधबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार