डिबलाले सिजनको अन्त्यमा युभेन्ट्स छाड्ने
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १८:०:०
२ जेठ, काठमाडौं । युभेन्ट्सका फरवार्ड पाउलो डिबलाले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् । २८ वर्षीय डिबलाले इटालियन क्लबबाट २९१ खेल खेल्दै ११५ गोल गरेका छन् । उनको अनुबन्ध यो सिजनसँगै सकिँदै छ । उनी सम्झौता नवीकरण नगर्ने मनसायमा पुगेका हुन् ।
यस सिजन (२०२१-२२) मा डिबलाले ३७ खेलमा १५ गोल गरेका छन् । यस सिजन खराब लयबाट गुज्रिएको युभेन्ट्स सिरी ए मा चौथो स्थानमा छ ।
अर्जेन्टिनी स्टार खेलाडी पालेर्मोबाट सन् २०१५ मा युभेन्ट्स भित्रिएका थिए । क्लब अनुबन्धयता उनले १२ ट्रफी हात पारेका छन् । जसमा पाँच लिग उपाधि रहेको छ । ‘आज यो जर्सीमा मेरो अन्तिम खेल हुनेछ । यो कल्पना गर्न गाह्रो छ । तर यो नै अन्तिम बिदाइ हो,’ डिबलाले ट्विट गरेका छन् ।
यसअघि सन् २०१९ को समरमा डिबला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड वा टोटनहम जान चाहन्थे तर युभेन्ट्सले उनलाई जान दिएन । अब भने कहाँ पुग्नेछन् रु त्यो भने खुलाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार