१३ असार २०७९, सोमबार
अर्थ मन्त्रालय
खोज / विशेष

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

प्रकाशित मिति :  २ जेष्ठ २०७९, सोमबार १२:५३


२ जेठ काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने भएका छन् । संसद निवयमावलीअनुसार बजेटमाथि छलफल गर्न समय अपुग हुने भएपछि सरकारले संसद् नियमावली निलम्बन गरेर बजेट छलफल अगाडी बढाउने गर्ने तयारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोली जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी छन् । अधिवेशन सुरुहँुने दिनमै अर्थमन्त्री शर्माले बजेटका सिदान्त र प्राथमिकता प्रस्तुत गर्न लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा आगामी वर्षका लागि वार्षिक बजेट प्रस्तुत गर्नुपर्नेछ । यसैका लागि समय नपुग्ने भएपछि नियमावली निलम्बन गर्न लागिएको हो ।

अर्थ मन्त्रालयका अनुसार बुधबार र बिहीबार दुई दिन बजेटमाथि संसदमा छलफल गराउने प्रस्ताव अर्थमन्त्री शर्माले तयार गरेका छन् । उनले सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ मा संसदमा लाने योजना बनाएका छन् । नीति तथा कार्यक्रम संसदको दुबै सदनमा छलफल हुनुपर्छ ।

राष्ट्रपतिले संयुक्त सदन आह्वान गरेकै दिन नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र नीति तथा कार्यक्रमाथिको छलफल जेठ ८ देखि ११ सम्मका चलाउने तयारी छ ।

अर्थमन्त्री शर्माले जेठ १३ गते आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव संसदमा पेस गर्ने तयारी गरेका छन् । जेठ १५ मा बार्षिक बजेट सार्वजनिक गर्न मन्त्रालयले संसद सचिवालयको सहकार्यमा तयारी गरिरहेको छ ।


247
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता