१३ असार २०७९, सोमबार

सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको आरोहण

प्रकाशित मिति :  २ जेष्ठ २०७९, सोमबार १४:२८


२ जेठ, काठमाडौँ ।  वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा जानु गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा स्नातकोत्तर उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डा.प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेका थिए । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।


234
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता