युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार २०:३५:२७
२ जेठ, काठमाडौं । पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको थियो । नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा नै कविता कुँवरले लियोना बर्वीको विकेट लिएकी हुन् ।
युगान्डाका लागि ओपनर केविन अविनोले ३० बल खेल्दै १५ रन बनाएकी हुन् । अर्की ओपनर लियोना बर्वी भने दोस्रो बलमा नै बोल्ड आउट भएकी थिईन् ।
तेस्रो क्रममा आएकी निद एम्बाबाजीले ३८ बल खेल्दै ३ चौकासहित २९ रन बनाइन् । यस्तै, फ्राङ्क्लिन नजुम्बोले १२, रिता मुसामालीले १३, रिता न्याङ्गिन्डोले १८ रन बनाईन् ।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । यस्तै, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिएका हुन् । नेपाल र युगान्डाबीच पहिलो पटक अन्तरराष्ट्रिय खेल भएको हो । श्रृंखला पाँच खेलको हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार