१३ असार २०७९, सोमबार
राजनीति

वीरगन्ज ३१ को मतगणना रोक्न माओवादीको माग

प्रकाशित मिति :  २ जेष्ठ २०७९, सोमबार २१:१९


२ जेठ, वीरगन्ज । नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को जारी मतगणनाका क्रममा मतदान भएको संख्या भन्दा बढि मतपत्र मतपेटिकामा भेटिएको आरोप लगाएको छ ।

माओवादीले उम्मेदवारका प्रतिनिधीको सहमति बेगर मतपेटिका खोलेर जबरजस्ति गणना गर्ने काम भइरहेको आरोप पनि लगाएको छ ।

मतगणनामा नेकपा माओवादीले प्रतिनिधीका रुपमा खटाएका नन्दकिशोर पन्जियारले सोमबार मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाइ निवेदन बुझाउदै वडा नम्बर ३१ को जारी मतगणना रोकेर छानबिन गर्न माग पनि गरेका छन् ।

पन्जियारले बुझाएको निवेदनमा , वडा नम्बर ३१ को जारी मतगणनामा माओवादीका उम्मेदवारका प्रतिनिधीको सहमति बेगर मतपेटिका खोलिएको र मतगणनाका क्रममा शुक्रबार खसेको मतसंख्या भन्दा बढि मतपत्र मतपेटिकामा भेटिएको उल्लेख ।

त्यसैले वडा नम्बर ३१ को मतगणना हालका लागि रोकेर बढि मतपत्र भेटिएको बारे छानबिन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग पन्जियारले माग गरेका छन् ।


6.6k
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा