२ जेठ, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार छविलाल थारु विजयी भएका छन् । उनले १३ हजार छ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ‘एमाले’ का पद्मप्रसाद ढकालले १० हजार ३५१ मत पाए ।
त्यस्तै उपप्रमुख पदमा पनि नेपाली कांग्रेसकी रत्नाकुमारी पाण्डे १२ हजार ४९१ मत ल्याई निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गरेको बताइएको छ ।