३ जेठ चितवन । चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा जारी छ ।
मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी दाहालले आग्रता कायमै राखेकी छन् । १७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका छन् ।
चितवनको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । उनले ६ हजार ९८२ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङ करिब तीन हजार मतले पछाडि छन् । उपप्रमुखमा उनले ४ हजार ६३८ मत पाएकी छन् ।