१३ असार २०७९, सोमबार
राजनीति

पाँचथरमा ‘क्लीन स्वीप’ गर्ने दिशामा गठबन्धन

प्रकाशित मिति :  ३ जेष्ठ २०७९, मंगलवार ०९:३०


३ जेठ, काठमाडौं । सत्ता गठबन्धन पाँचथरमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने दिशामा अघि बढेको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ५ गाउँपालिकाको अध्यक्ष गठबन्धनका उम्मेदवारहरूले जितेका छन् ।

४ गाउँपालिकाको पनि उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरू नै निर्वाचित भएका छन् । एक गाउँपालिकामा मात्रै नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएको छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० गठबन्धनमा छन् । जनता समाजवादी पार्टी धेरै ठाउँमा एमाले र केही ठाउँमा मात्रै सत्ता गठबन्धनसँगको तालमेलमा छ । राप्रपाको पनि एमालेसँग गठबन्धन छ ।

गठबन्धनबाट तुम्बेवा गाउँपालिका अध्यक्षमा कांग्रेसका बाबुराम खड्का दुई हजार ७१८ मत र उपाध्यक्षमा माओवादीका खड्गसुन्दर सम्बाहाम्फे दुई हजार ७०८ मतसहित निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी एमालेका गोविन्दबहादुर तामाङ अध्यक्षमा दुई हजार ३११ र नन्द धमलाले दुई हजार नौं मत पाएका छन् । यसअघि २०७४ मा गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।

कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि गठबन्धनै उम्मेदवारहरूले जितेका छन् । कांग्रेसका बम लावती अध्यक्ष र उपाध्यक्षमा माओवादीका महेन्द्रबहादुर खड्का निर्वाचित भएका हुन् । लावतीले एमालेका भीम सम्बाहाम्फे र खड्काले एमालेकै सीता आचार्यलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएअनुसार लावतीले तीन हजार ५७ मत र सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा खड्काले दुई हजार ७५८ र आचार्यले दुई हजार ७२४ मत पाएको कार्यालयले जनाएको छ ।

आचार्य यसअघि गाउँपालिकाको उपाध्यक्ष थिइन् । त्यसबेला एमालेले एक्ला एक्लै निर्वाचन लड्दा अध्यक्षरउपाध्यक्ष दुवै पद जितेको थियो ।फाल्गुनन्द गाउँपालिकाका कांग्रेसले २०७४ सालमा भएको निर्वाचनको विरासत जोगाएको छ ।

त्यतिबेला गाउँपालिका अध्यक्ष अमर नेम्बाङ र उपाध्यक्ष देवित्राकुमारी आङदेम्बे भएका थिउ । तर, अध्यक्ष नेम्बाङको निधनपछि २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा भने अध्यक्ष पद एमालेका वीरबहादुर कुरुम्बाङ निर्वाचित भएका थिए । कुरुम्बाङले त्यसबेला कांग्रेसका बृजहाङ आङ्देम्बेलाई पराजित गरेका थिए।

तर, यस पटक भने आङ्देम्बेले कुरुम्बाङलाई अध्यक्षमा पराजित गरेका छन् । आङदेम्बेले पाँच हजार ७३९ मत र कुरुम्बाङले चार हजार ६४३ मत पाएका थिए ।
उपाध्यक्ष पनि गठबन्धनकै तर्फबाट माओवादीका ठाकुरसिंह नेम्बाङ निर्वाचित भएका छन् ।

उनले एमालेसँग तालमेल गरेर उपाध्यक्ष पदमा निर्वाचन लडेकी बबिता नेम्बाङलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएअनुसार ठाकुरले पाँच हजार १०१ मत पाउँदा बबिताले चार हजार ४४३ मत प्राप्त गरेकी थिइन् ।

फालेलुङ गाउँपालिकामा कांग्रेसकै वीरविक्रम थाम्सुहाङ अध्यक्ष ९५७८९ मत० र माओवादीका महेन्द्र जबेगू ‘फुङ्निमा’ ९५२१४ मत० उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

एमालेका जयप्रकाश केरुङ ९२६८९ मत० अध्यक्षमा र सुजाता राई ९२८७५ मत० उपाध्यक्षमा पराजित भएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ।

२०७४ मा भएको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद दुवै कांग्रेसले जितेको थियो। हिलिहाङ गाउँपालिकाको अध्यक्षमा २०७४ मा पराजित कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन् ।

उनले एमालेका भुवानीप्रसाद लिङ्देनलाई पराजित गरे । अधिकारी यसअघि लिङ्देनबाटै पराजित भएका थिए । यस पटक अधिकारीले चार हजार ५६५ मत र लिङ्देनले चार हजार ३५८ मत पाएका हुन् ।

उपाध्यक्षमा भने एमालेकी सुमित्रा सेढाई चार हजार १४१ मतसहित निर्वाचित भएकी छिन् । उनी यसअघि पनि उपाध्यक्ष थिइन् । उनले एकीकृत समाजवादीका भवानी लिङदेनलाई चार हजार ११८ मत पाए । यहाँ यसअघि एमालेले ‘क्लीन स्वीप’ गरेको थियो ।

जिल्ला उत्तर–पूर्वी क्षेत्रको स्थानीय तह याङ्वरक गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ । यहाँ पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन् ।

फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन् ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता