१३ असार २०७९, सोमबार

स्थानीय निर्वाचन, आज कहाँ-कहाँ हुँदैछ मतदान ?

प्रकाशित मिति :  ३ जेष्ठ २०७९, मंगलवार ०९:३२


एनआरएनएको निर्वाचन : परम्परागत मतदान सुरु

३ जेठ, काठमाडौं ।  ३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज सोेमबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।

मंगलबार तनहुँको व्यास नगरपालिका-८ को भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।

 


481
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता