१३ असार २०७९, सोमबार
राजनीति

गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

प्रकाशित मिति :  ३ जेष्ठ २०७९, मंगलवार ०९:३३


३ जेठ, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् ।

बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।

उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा