तीस वर्षपछि एमालेको किल्ला भत्काउदै कांग्रेस
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १६:३७:१०
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले ३० वर्षपछि एमालेको किल्लाहरु भत्काउन थालेको छ । एमालेभन्दा दोब्बर संख्यामा स्थानीय तह जित्दै आएको कांग्रेसले तीस वर्षपछि आफ्नो उपस्थिति देखाएको छ ।
पूर्व एमाले नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको गोदकमा बहुदलपछि पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका दिलीप प्रधान ’ओमनाथ’ले सो क्षेत्रमा जितेका हुन् ।
विगतमा सो स्थानमा एमालेले जित्दै आएको थियो । ३१ वर्षदेखि सो स्थानमा एमालेले एकछत्र राज गरेको थियो । दिलीपको जितसँगै एमालेको किल्ला भत्किएको छ । उनले नेकपा एमालेका उम्मेदवार रोम लुङ्गेलीलाई ३६० मतले पछि पर्दै गोदकको वडाध्यक्ष बनेका छन् ।
दिलीपले एक हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने लुङ्गीलेले एक हजार ४८ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा दिलीपसहित गोदकमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको स्थानमा कांग्रेसले भत्काएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।
कांग्रेसले विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा वडाध्यक्ष जित्न निकै सकस भयो । संगठन निर्माणमा जुटिरहयो त्यसको फल अहिलेको निर्वाचनमा आफ्नो पोल्टामा वडाध्यक्ष पार्यो । २६ वर्षपछि नारायण नगर पालिका–१ मा कांग्रेस उम्मेदवार सन्देशकुमार श्रेष्ठ विजयी भएका हुन् ।
अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली कांग्रेसका मिनबहादुर गुरुङले जितेका हुन् । उपप्रमुखमा पनि कांग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हुन् ।
सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् । गाउँपालिकाको ९ वडामध्ये ७ वटा वडामा काँग्रेसले र २ वडामा एमालेले जित हासिल गरेको छ । यसअघि २०५४ र २०७४ मा एमालेले जितेको थियो ।
त्यसैगरी दैलेखको नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ । २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो किल्ला गुमाएको हो ।
२०५३ सालमा स्थापना भएको नारायण नगरपालिकामा पहिलो चुनाव २०५४ मा भएको थियो । त्यसबेला एमालेबाट पहिलो वडाध्यक्षमा दिपबहादुर श्रेष्ठ निर्वाचित भएका थिए । त्यसयता राजाको प्रत्यक्ष शासनकालमा वडाध्यक्षहरु यामबहादुर मल्ल र यामु श्रेष्ठ मनोनित भएका थिए । २०७४ को स्थानीय चुनावमा नेकपा एमालेका तिर्थनारायण श्रेष्ठ विजयी भएका थिए ।
कांग्रेसले विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा वडाध्यक्ष जित्न निकै सकस भयो । संगठन निर्माणमा जुटिरहयो त्यसको फल अहिलेको निर्वाचनमा आफ्नो पोल्टामा वडाध्यक्ष पार्यो । २६ वर्षपछि नारायण नगर पालिका–१ मा कांग्रेस उम्मेदवार सन्देशकुमार श्रेष्ठ विजयी भएका हुन् ।
३ सय ७८ मत ल्याएर विजयी भएका श्रेष्ठका निकटम प्रतिद्धन्द्धी एकिकृत समाजवादीका रमेशकुमार केसीले ३ सय ५८ मत ल्याएका थिए । २०५४ देखि जित्दै आएको नेकपा एमाले तेस्रो स्थानमा आयो। एमालेबाट वडाध्यक्षका उम्मेदवार मनोज थापाले ३ सय मत ल्याएका थिए। यसरी वडामा आफ्नो विरासत एमालेले यस पटकको निर्वाचनमा गुमाएको हो । दैलेखमा ११ स्थानीय तह र ९० वटा वडा रहेका छन्।
सोताङमा कांग्रेसका खिलराज बस्नेतले जित हात पारेका छन् । उनले एमालेका प्रकाश कार्कीलाई पराजित गरेका हुन् । त्यसैगरी एमालेकै किल्ला रहेको रामेछापको गोकुलगंगा गाउँपालिकामा पनि कांग्रेसले ३० वर्षपछि जीत हात पारेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका र सागुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको हो । छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत प्राप्त गरे। उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता गुरुङ विजयी भएकी छिन् । उनले एमालेकी गोमा कार्कीलाई पराजित गरेकी हुन् । त्यस्तै सागुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी मुना राई विजयी भइन ।
उनले जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई पराजित गरेकी हुन्। धनकुटाको चौबिसे गाउँपालिकामा भने नेकपा एमाले विजयी भएको छ । त्यसैगरी सोलुखुम्बूको सोताङ गाउँपालिकामा पनि एमालेको गढ भत्किएको छ । २६ वर्षपछि अहिले कांग्रेसले चुनाव जित्ने अवसर पाएको छ ।
सोताङमा कांग्रेसका खिलराज बस्नेतले जित हात पारेका छन् । उनले एमालेका प्रकाश कार्कीलाई पराजित गरेका हुन् । त्यसैगरी एमालेकै किल्ला रहेको रामेछापको गोकुलगंगा गाउँपालिकामा पनि कांग्रेसले ३० वर्षपछि जीत हात पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार