सर्लाहीको बरहथवा–१७ मा मतदान जारी
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १६:१९:१७
♦ एसवी थापा
३ जेठ, सर्लाही । गत ३० बैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी ५ बजे सम्म मतदानको तालिका सार्वजनिक गरेको थियो ।
बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले पुनः चलिरहेको जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलकाअनुसार गत शुक्रवार बरहथवा नगरपालिका–१७, को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा विवाद भए पछि साँझसम्म जम्मा ३७२ मतमात्र खसेको थियो ।
गत ३० वैशाख शुक्रबार मतदान सुरु भएलगतै जनता समाजवादी पार्टी ९जसपा०पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गराएको र मध्यान्हबाट अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनः मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए ।
सोही उजुरीको आधारमा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत दुईवटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार