शेयरबजारमा पहिरो, कारोबारमा सबै समूहको उपसूचक राताम्मे
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २१:४८:५२
३ जेठ, काठमाडौं । साताकाे तेस्राे दिन शेयरबजारमा पहिरो गएको छ । मंगलबार स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको शेयरबजारमा ठूलो गिरावट आएको हो ।
निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ ।
बजार मापन गर्ने सूचक ८४.९० अंकले घटेर परिसूचक २२६५.५२ बिन्दुमा रोकिएको छ । कारोबारको सुरु देखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।
२२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको ३७.९५, विकास बैंक १६३.६९, वित्त कम्पनी १०१.८७, जलविद्युत १४२.५०, जीवन बीमा ५९२।५९, माइक्रोफाइनान्स १४३.२८, जीवन बीमा समूहको उपसूचक ४८५.८१ अंकले घटेको छ ।
कारोबारमा ४ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्योरेन्स, सुर्योदय वमी लघुवित्त वित्तीय संस्था, बुद्धभुमी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार