‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार १:३०:७
३ जेठ, काठमाडौं । लण्डनको स्पा ब्राण्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्टको भब्य उद्घाटन भएसङै पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भोरासावले नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्टको संयुक्त उद्घाटन गरेका हुन् ।
नौद थाई स्पा सन्चालनमा आएको भएता पनि अधिकारिक रुपमा उद्घाटन गरिएको थिएन । नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भोरासावले उद्घाटन गरे सँगै स्पा र रेष्टुरेण्ट पूर्ण रुपमा सन्चालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भोसिता भोरासावले नौद थाई स्पा उद्घाटन गर्न पाउँदा धेरैनै खुशी लागेको बताए । उद्घाटन कार्यक्रममा बिभिन्न थाइ साङितिक प्रस्तुती समेत रहेको थियो ।
नौद थाई स्पाले नेपालमानै अन्तराष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुबिधा दिइरहेको छ । काठमाण्डौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा, मसाज तथा ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गर्दछ । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको छ ।
जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु पाउन सकिन्छ । नौद थाइ स्पाले आम ग्राहकको माया पाउन सफल रहेको छ । काठमाण्डौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेण्ड चलिरहेको अवस्थामा अन्तराष्ट्रिय स्तरको मसाज नेपालमै खुल्नु खुशीको कुरा हो ।
हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाडौंमा खोलिएको नौद थाई स्पा ग्लोबल आउटलेटको एक आउटलेट रहेको छ । नौद थाई स्पामा आएका ग्राहक दोहोरिएर आएको र यहाँको सेवा अन्तराष्ट्रिय स्तरको रहेको पाइएको छ ।
स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ । साथै थाइ परिकारको अथेण्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ । यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याइएको हो । थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् । नौद थाई स्पा र माइ थाई रेष्टुरेण्ट काठमाण्डौंको मुटु पानीपोखरी लाजिम्पाटमा अबस्थित रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
महोत्सवका अवसरमा पोखराका होटेलमा छुट अफर !
चैत ६, २०८० मंगलबार
फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं वार्षिकोत्सव मनाउँदै
फागुन २१, २०८० सोमबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार