४ जेठ काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जेठ ४ गते बुधवार बिहान ६ बजेसम्म ४ सय २ स्थानीय तहको प्रमुख पदको मतगणनाको परिणाम सार्वजनिक गरिएको छ ।
यस अनुसार नेपाली कांग्रेसले १ सय ८३ प्रमुद पदमा विजय हासिल गरेको छ भने अझै १ सय ३० स्थानमा अग्रता कायम गरेको छ । नेकपा एमालेले १ सय १४ पदमा विजयी भएको छ भने ८४ स्थानमा अग्रता कायम गरेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ८२ स्थानमा विजयी भएको छ भने ३३ स्थानमा अग्रस्थानमा छ । एकीकृत समाजवादीले भने ६ स्थानको प्रमुख पदमा विजय हासिल गरेको छ भने जनता समाजवादी पार्टीले ५ स्थानमा विजय हासिल गरेको छ ।