बानेश्वरमा सिलिन्डर विस्फोट गराउने चारजना पक्राउ
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १७:२४:१७
४ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिन्डर विस्फोट गराउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेका २८ वर्षीय करण श्रेष्ठ, भोजपुरका २८ वर्षीय युवराज थापा र खोटाङका ३६ वर्षीय भरतकुमार राई छन् ।
उनीहरूले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ३० वैशाखको राति २ बजेतिर तीनकुनेतर्फ जाने सडकखण्डमा ग्यास सिलिन्डरमा आगो लगाई विस्फोट गराएका थिए । घटना भएको केही मिनेटमै प्रहरी वृत्त नयाँ बानेश्वरबाट टोली घटनास्थलमा पुग्दा ठूलो क्षति हुनबाट जोगिएको थियो । विस्फोटबाट बिके कम्पलेक्समा रहेको दृष्टि आँखा केन्द्रको र साइन ग्लोबल एजुकेसन कन्सल्टेन्सी रहेको घरको सिसा फुटेको थियो ।
घटनापछि प्रहरीले अप्रेसन इको सिइर्रा परिचालन गरिएको थियो । राजधानीमै विस्फोट गराई मुलुकभर आतंक फैलाई सोही दिन हुन गइरहेको स्थानीय तह निर्वाचनलाई अवरुद्ध पार्ने दूषित मनसायसहितको कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलासका लागि उपत्यका विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
अनुसन्धानका विविध विधि तथा प्रविधिको प्रयोग गरी सूक्ष्म अनुसन्धान गर्दै प्रहरीले चारैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि यसअघि पनि विभिन्न मितिमा हातहतियार खरखजाना, बैंकिङ कसूर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारबाहीमा गरिएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा कम्युनिष्ट पार्टी अफ नेपाल सिअन रहेको पाइएको छ । पछिल्लो समय राईले मिडियाको आवरणमा छद्मभेषी स्वरूप धारणा गरी जनताको सुसूचित हुन पाउने अधिकारलाई तोममरोड गर्नुका साथै छुट्टै समूह बनाई विस्फोटमार्फत सर्वसाधरण जनतामा डर, त्रास, फैलाई स्थानीय तहको निर्वाचन बिथोल्न र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाई आर्थिक उपार्जन गर्ने उद्देश्य रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी ९सिवादी० लेखिएको पर्चा, ग्यास सिलिन्डर विस्फोटन भएपश्चात भएको टुक्राहरू, कालो रातो कपाससहितको डसनाको टुक्राहरू, विभिन्न कम्पनिका आठ थान मोबाइल, उनीहरूको कोठाबाट ल्यापटप, स्कुटर, प्रेस लेखिएको ज्याकेट, नक्कली प्लाष्टिकको पेस्तोललगायतका सामान बरामद भएका छन् ।
पक्राउ परेका चारैजनालाई मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद(७, विस्फोट पदार्थसम्बन्धी दफा १४१ को कसुरमा अदालतबाट सात दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
३ करोडमा बेच्न लागेको बोधिचित्तको रुख काटेको अभियोगमा चारजना पक्राउ
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार