१३ असार २०७९, सोमबार
समाज

युवाहरूले गर्दै स्थानीय सरकारको नेतृत्व

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार १४:४१


४ जेठ , काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी विजयी भए । जोशी बलिया प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)लाई हराउँदै मेयरमा विजयी भएका हुन् । जोशीले पाँच हजार नाै सय ४१ मत पाए भने मालले पाँच हजार आठ सय पाँच मत पाए । जोशी माललाई एक सय ३६ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन् ।  यहाँ २०७४ सालको चुनावमा कांग्रेसका भीमबहादुर साउदले मेयरमा जितेका थिए ।

वायुमण्डलीय भौतिक शास्त्रमा स्नातकोत्तर जोशी सबैभन्दा कान्छा नगर प्रमुख पनि बनेका छन् । वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै उनी नगर सभापति बनेका थिए ।

उम्मेदवारी दिएसँगै उनी राजनीतिको पूरानो ढर्रालाई परिवर्तर् गरेर युवाले देश हाक्नु पर्ने बताउँदै आएका थिए । आज आफूले काम गरेको खण्डमा भोलि अरू युवाले पनि आँट गर्ने उनको भनाइ छ ।

यता, नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकाको अध्यक्ष २७ वर्षीय युवाले जितेका छन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेका दीपेन्द्र सुनारी चार हजार ५९ मत ल्याएर विजयी भएका हुन् ।उनले नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीलाई पराजित गरेका हुन् । बस्ताकोटीले ३९ सय मत पाएका छन् । कांग्रेसको गढ मानिएको बुलिङटारमा २७ वर्षीय युवाले नेतृत्व सम्हाल्न पुगेका हुन् ।

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित राजा बाबुको चार हजार ८१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४१ वर्षीय हरिनन्दनप्रसाद यादवले दुई हजार तीन सय ९२ मत पाए । राजाबाबु पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन् ।

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा पनि २१ वर्षीय युवाले जितेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचिन भएका हुन् । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारलाई एक सय १७ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ताले तीन हजार सात सय ४३ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी अजयले तीन हजार ६ सय २६ मत पाए ।

युवा वडाअध्यक्षहरू 

प्युठानको सरुमारानी गाउँपालिका-६ को वडाअध्यक्ष २८ वर्षीय युवाले जितेका छन् । नेकपा एमालेबाट २८ वर्षीय युवा तिलबहादुर बुढा वडाअध्यक्षमा विजयी भएका हुन्छ । बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले चार सय ४३ मत प्राप्त गरेका थिए ।

खोटाङका २८ वर्षीय युवकले पनि वडाअध्यक्ष जितेका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसका जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । न्यौपानेले एक सय ९७ मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका सन्तोष राईले एक सय ७३ मत पाए ।

नेकपा एमालेबाट बैतडीको मेलौली नगरपालिका-८ को वडाअध्यक्षका उम्मेदवार २२ वर्षीय तपेन्द्रजंग विष्ट विजयी भएका छन् । काठमाडौं बसेर पत्रकारिता गर्दै आएका विष्टले तीन सय ३८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भु विष्टले दुई सय ५८ मत पाए । हालसम्म सार्वजनिक मत परिणामअनुसार तपेन्द्र देशकै कान्छो वडाअध्यक्ष हुन् ।

बझाङमा पनि २३ वर्षीय हरिश सिंह पनि वडाअध्यक्ष बनेका छन्। कांग्रेसबाट वडाअध्यक्षमा प्रतिस्पर्धा गरेकाे सिंह ६ सय ८४ मतसहित विजयी भएका हुन् ।

काभ्रेको भुम्लु गाउँपालिका-२ मा पनि २४ वर्षीय सुजन भण्डारीले वडाअध्यक्ष जितेका छन् । २२ वर्षकै उमेरमा वडाअध्यक्ष बनेका विष्टले आफू सासकत्वलाई परास्त गर्दै सेवकत्व स्थापित गर्न तल्लिन हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

स्थानीय तह निर्वाचनमा झण्डै ४० हजार उम्मेदवार ४० वर्षभन्दा कममा छन् । एक लाख ४५ हजार उम्मेदवारमध्ये २७ प्रतिशतभन्दा बढी युवा छन् । स्थानीय तह निर्वाचनमा २१ वर्षभन्दा माथिको उमेरसमूहबाट उम्मेदवारी परेको छ ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता