४ जेठ, चितवन । भरतपुर महानगरपालिकामा पनि मतगणना जारी छ । गत शुक्रबार मतदान सकेर शनिबारदेखि सुरु भएको मतगणनामा मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिइरहेकी छिन् ।
गठबन्धनकी उम्मेदवार दाहालले भरतपुरमा पछिल्लो मत परिणाम अनुसार २८ हजार ६४३ मतगणना हुँदा १ हजार ८५२ मतले अग्रता लिएकी छन्।
२८ हजार ६४३ मतगणना गर्दा रेणुले १० हजार ४४९ मत प्राप्त गरेकी छन्। प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ८ हजार ५९७ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन्। उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन्।
अहिले वडा ७ को १२०० मत गणना भएको छ। वडाध्यक्षमा एकीकृत समाजवादीले ४९३ मत र एमालेले ४०० मत पाएको छ।