१३ असार २०७९, सोमबार

इजरायलका प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिबीच चाँडै भेटवार्ता हुँदै

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार १६:३१


४ जेठ , सिन्ह्वा। इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट र फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँबीच चाँडै भेटवार्ता हुने भएको छ । उनीहरुका बीचमा मङ्लबार भएको टेलिफोन कुराकानीका क्रममा चाँडै भेट्ने सहमति भएको दुवै पक्षका अधिकारीहरुले जनाएका छन् ।

चाँडै भन्नाले कहिले भन्ने टुंगो नलागेको भएपनि दुवै देशका कूटनीतिज्ञहरुले छलफल गरेर समय तय गर्ने जनाइएको छ । उनीहरुले अहिलेको टेलिफोन वार्तामा पनि दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयसँगै राष्ट्रिय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विविध विषयमा छलफल गरेका छन् ।

फोन वार्ताका क्रममा इजरायली प्रधानमन्त्री बेनेटले फ्रान्सका राष्ट्रपति माक्रोँलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका थिए भने माक्रोँले बेनेटलाई धन्यवाद दएका थिए । आगामी दिनमा सहकार्य बढाउने, सम्बन्ध थप बलियो बनाउने र धेरै कामहरु मिलेर गर्ने उनीहरुले सहमति गरेको अधिकारीहरुले जनाएका छन् ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता