हंगेरीका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण पोल्याण्ड
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २३:१६:५१
४ जेठ सिन्ह्वा । हंगेरीका नवनिर्वाचित राष्ट्रपति कटालिन नोभाकको पहिलो विदेश भ्रमण पोल्याण्ड भएको छ ।दुई देशको सम्बन्धलाई थप बलियो बनाउन भन्दै उनले मंगलबारदेखि नै पोल्याण्डको भ्रमण सुरु गर्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् । आफ्ना समकक्षी तथा पोल्याण्डका राष्ट्रपति अन्द्रजेज डुडाको निमन्त्रणामा उनले औपचारिक भ्रमण गर्नु भएको जनाइएको छ । भ्रमणका क्रममा हंगेरीका राष्ट्रपति नोभाकले पोल्याण्डका प्रधानमन्त्री माटेउज माराविक्कीसँग पनि भेटवार्ता गर्नु भएको छ।
राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको तीन दिनपछि नै उनले वैदेशिक भ्रमण सुरु गर्नु भएको हो । पोल्यान्डका राष्ट्रपति डुडासँगको संयुक्त पत्रकार सम्मेलनमा हंगेरीका राष्ट्रपति नोभाकले भने, “पोल्याण्ड र हंगेरीको सम्बन्धलाई विषेश महत्व दिँदै थप बलियो बनाउने उद्धेश्यले मेरो सबैभन्दा पहिलो वैदेशिक भ्रमण पोल्याण्ड गरेको हुँ ।”
दुई देशका विचमा भएका कतिपय असमझदारीहरुलाई पनि आपसी छलफलबाट समाधान गर्न सकिनेमा उनले जोड दिएका छन् । वुडापेस्ट र वार्साका बीचमा धेरै विषयमा मतान्तर रहेका छन् । पछिल्लो समय युक्रेनमाथी रुसले गरेको आक्रमणको विषयमा पनि दुई देश दुई तिर उभिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार