१३ असार २०७९, सोमबार
नेपाल प्रहरी

पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार १८:१२


४ जेठ, सर्लाही ।  पूर्व-पश्चिम लोकमार्ग अन्तरगत सर्लाहीको बाँके जंगलमा बोलेरो पिकअप र बर आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना ५ख ५५१५ नम्बरको यात्रुबस आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेर बसका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनापछि अनियन्त्रित भई पल्टिएको बसले च्याप्पिएर बसका चालक विदुर निरौलासहित १२ जना यात्रु घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ । अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

तीव्र गतिमा रहेको माछा बोक्ने बोलेरो अनियन्त्रित भएर आफ्नै साइडमा गुडिरहेको बसलाई ठक्कर दिन पुगेको थियो । पिकअपबाट जोगिन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको आशंका छ । बससँग ठोक्किएको पिकअप भ्यान छुट्टिएर जंगलभित्रै पुगेको छ । बस सडक किनारमा पल्टिएको छ ।

दुर्घटना लगत्तै पिकअपका चालक फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता