१३ असार २०७९, सोमबार

धरानमा स्थगित मतगणनाको सुरक्षाका लागि सेना परिचालन

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार १८:४१


४ जेठ, धरान । सुनसरीको धरानमा विवादको कारण स्थगित मतगणनाको सुरक्षाका लागि सेना परिचालन गरिएको छ । वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना भेटिएपछि सुरु भएको विवादका कारण स्थगित मत गणनाको सुरक्षाका लागि सेना परिचालन गरिएको हो ।

उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नम्बर २० मा माओवादी केन्द्र पराजित भएपछि विरोध सुरु थियो । अहिले माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरिरहेका छन् । जसका कारण सबै वडाको मतपत्र स्थगित भएको छ ।

माओवादी कार्यकर्ताले जनताले अभिमत दिएको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् । मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने उनीहरू माग छ । साथै पुनः मतदान हुनुपर्ने पनि उनीहरूले बताएका छन् ।

उक्त वडामा नेपाली कांग्रेसले ४ मतले वडा अध्यक्ष जितेको छ । तर, १८ मत मध्ये धेरै माओवादी केन्द्रले आफ्नो मत रहेको र आफ्नो पार्टीको जित हुने दाबी गरेको छ ।

केही बेरअघि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय भएको थियो । नेपाली कांग्रेसले जिते पनि निर्वाचन परिणाम घोषणा भएको छैन । अहिले मतदान स्थलमा नेपाली सेनासमेत खटाइएको छ ।


273
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता