४ जेठ, चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा ‘एकीकृत समाजवादी’ का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ ।
तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित भएका छन् । उनले पाँच हजार ४९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अभिषेक सुवेदीले तीन हजार ४६६ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका सृजना सुवेदी निर्वाचित भएकी छिन । सुवेदीले पाँच हजार ४४१ मत प्राप्त गरेकी छिन्, भने नेकपा एमालेका अम्बिका पोखरेलले तीन हजार ३५१ मत प्राप्त गरेकी छिन् ।