४ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रतालाई कायमै राखेका छन् ।
वीरगञ्ज महानगरपालिकाको १२ वटा वडाको २६ हजार ६ सय ९९ मत गणना हुँदा आलमले ९ हजार ८ सय १७ मत पाएका छन् । आलम झाभन्दा ७ हजार ८ सय ९५ मतले अगाडी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ का पुरुषोत्तमलाल झाले १ हजार ९ सय १९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ की बिना जैसवाल कुर्मीले १ हजार ९ मत पाउँदा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १ हजार २ सय ६८ मत पाएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
उपप्रमुखका लागि खसेको २६ हजार ६ सय ९९ मतमध्ये १४ हजार २ सय ३८ मत सदर हुँदा १२ हजार ४ सय ६१ मत बदर भएको छ ।