१३ असार २०७९, सोमबार
राजनीति

बागलुङको काठेखोला अध्यक्षमा कांग्रेसका थापा विजयी

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार २०:३९


४ जेठ, बलेवा । बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले सात हजार ७५० मत प्राप्त गर्नुभयो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर कार्कीले छ हजार ३८३ मत प्राप्त गरे।

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक निर्वाचित भए । उनले छ हजार ७१२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका कोपिला पुनले छ हजार ४४७ मत पाए । काठेखोला गाउँपालिकामा कांग्रेसले चार, नेकपा एमालेले तीन र राजमोले एक वडा जितेका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा