१३ असार २०७९, सोमबार
स्थानीय तह निर्वाचन

भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनुले लिइन् २२०० मतको अग्रता

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार २१:०२


४ जेठ, चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

३१ हजार ६९३ मतगणना हुँदा उनले २ हजार १९८ मतको अग्रता लिएकी छन् । रेनुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले नौहजार ५१८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५ हजार १४७ मत पाएका छन् । भरतपुर महागरपालिकामा अहिले ७ र ८ नम्बर वडाको मतगणना भइरहेको छ ।


338
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता