१३ असार २०७९, सोमबार
स्थानीय तह निर्वाचन
बाग्मती प्रदेश

कामपाकाे ताजा अपडेट : बालेनले ल्याए १८ हजार ८७८ मत !

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार २१:२४


४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो पारेका छन्।

कामपाको पछिल्लो मत गणनाकाको परिमाण अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार ८७८ मत ल्याएका छन्।

यस्तै नेकपा एमालेका केशव स्थापितले ९५९६ मत पाएका छन्। यस्तै सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ९१७२ ले मत पाएकी छन्।

उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्। उनले १८ हजार ४१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार ८ सय मत पाएर पछ्याइरहेका छन्।


1.11k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा