स्याङ्जामा मत गणना सकियो : ६ मा एमाले, ५ मा कांग्रेस विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बिहिबार ३:५०:१७
४ जेठ, वालिङ । स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन् ।
पुतलीबजार, गल्याङ, भिरकोट र चापाकोट नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो ।
त्यस्तै कालीगण्डकी, आँधीखोला, बिरुवा, हरिनाश, फेदीखोला गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा वालिङ नगरपालिकाकाका प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका छन् ।
गाउँपालिकामा एमाले बलियो र नगरपालिकामा कांग्रेस बलियो देखिन्छ । यसअघि नेकपा ९एमाले०ले प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको पुतलीबजार नगरपालिकाको प्रमुख÷उपप्रमुख यसपटक नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसका तुल्सीराम रेग्मी प्रमुखमा र देवी अर्याल उपप्रमुखमा विजयी भएका हुन् ।
विसं २०७४ मा नेकपा एमालेले जितेको गल्याङ नगरपालिकामा यसपटक नेपाली कांग्रेसले प्रमुख÷उपप्रमुखमा जितेको हो । गल्याङमा नेपाली कांग्रेसका तर्फबाट गुरुप्रसाद भट्टराईले नौ हजार २९ मत ल्याएर नगर प्रमुखमा विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रे पारसले आठ हजार ९२२ मत ल्याए ।
त्यस्तै नगर उपप्रमुखमा हेमा न्यौपाने नौ हजार ११८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी देवीसरा थापाले नौ हजार ५५ मत प्राप्त गरे । त्यस्तै भिरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य छ हजार ५०४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी विश्वनाथ अर्यालले पाँच हजार ६६९ मत ल्याए ।
उपप्रमुखमा नेपाली कांग्रेसकै भगवती अर्याल सात हजार १९७ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी सरस्वती अधिकारीले चार हजार ९२८ मत प्राप्त गरिन । भिरकोटमा कूल ४७ सिटमा नेपाली कांग्रेसले ४६ सिटमा जितेको थियो । चापाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देवबहादुर खाँण ९ईश्वर० सात हजार ४९० मतसहित विजयी भए।
उनले नेकपा एमालेका राजु कोइरालालाई पराजित गरी विजयी भएका हुन् । कोइरालाले छ हजार ५५५ मत ल्याए । उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना सात हजार ४१३ मतसहित विजयी हुँदा नेकपा एमालेकी सृष्टी मल्लले छ हजार ३७६ मत प्राप्त गरिन । त्यस्तै वालिङ नगरपालिकामा नेपाली कांग्रेसले उपप्रमुख जितेको छ । उपप्रमुखमा कांग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८२२ मत ल्याएर विजयी भइन । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी खगिसरा थापाले १२ हजार ३४० मत प्राप्त गरिन । थापा २०७४ को निर्वाचनमा पनि उपप्रमुखमै पराजित भएकी थिइन ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारीले पाँच हजार २९१ मत ल्याएर विजयी हुँदै गर्दा उनको प्रतिस्पर्धी चीनमाया गुरुङले तीन हजार ३४७ मत ल्याइन । उपाध्यक्षमा कांग्रेसकै सपना गुरुङ चार हजार ८२७ मत ल्याएर विजयी भइन। उनलाई पछ्याउँदै नेकपा एमालेका टङ्कप्रसाद खनालले तीन हजार ७६७ मत ल्याए ।
वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण विजयी भए । उनी नेपाली कांग्रेसका दिलीपप्रताप खाँणलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् । विजयी खाँणले १३ हजार ७७६ मत ल्याए भने पराजित खाँणले ११ हजार ९९६ मत प्राप्त गरे ।
यस्तै, कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा चार हजार ७६९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गरिन । उपाध्यक्षमा एमालेकै सावित्रा कोइराला छ हजार २२३ मतसहित विजयी भइन । कोइरालालाई पछ्याउँदै जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार ८३९ मत ल्याए ।
त्यस्तै आँधीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका विश्व पौडेलले पाँच हजार १७७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कमलप्रसाद पौडेलले चार हजार ३५१ मत ल्याए । उपाध्यक्षमा एमालेकै सीता थापाले पाँच हजार २७३ मतसहित विजयी भए भने उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरे।
बिरुवा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवरले चार हजार ८७२ मत ल्याए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा एमालेकै भगवती शर्माले चार हजार ९३७ मतसहित विजयी हुँदा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गरे ।
हरिनाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धरले चार हजार ७६९ मत ल्याएर विजयी हुँदै गर्दा उनलाई पछ्याउँदै नेपाली कांग्रेसका टोपबहादुर भुजेलले चार हजार ७३२ मत प्राप्त गरे । उनीहरुबीच ३७ मतान्तर छ । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी राना विजयी भइन । विजयी रानाले चार हजार ७४० मत प्राप्त गरिन भने प्रतिस्पर्धी माओवादी केन्द्रकी मिठु लम्सालले चार हजार ७१६ मत ल्याइन । उनीहरुबीचमा पनि २४ मतको फरक छ ।
फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी तीन हजार ८३६ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी लक्ष्मीप्रसाद बरालले तीन हजार ७०४ मत प्राप्त गरिन । उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ तीन हजार ९७८ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले दुई हजार ३७९ मत ल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार